गान्तोक: सिक्किम पछौटे वर्ग आयोगकी नवनियुक्त अध्यक्ष कविता सापकोटाले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग औपचारिक भेट गरेकी छन्।
उक्त भेटबारे जानकारी मुख्यमन्त्री तामाङले सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत दिएका छन्। उनले सापकोटालाई महत्वपूर्ण जिम्मेवारी सम्हालेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै राज्यका जनताको सेवामा आफ्नो कर्तव्य सफलतापूर्वक निर्वाह गर्न सफलताको कामना गरेका छन्।










