श्रीमद्भगवद्गीता’ उपहारसहित स्वागत
कोलकाता: लोकभवनमा आज नवनियुक्त महामहिम राज्यपाल रविन्द्र नारायण रविसँग विपक्षी दलका नेता एवं पश्चिम बंगाल भाजपा अध्यक्ष शुभेन्दु अधिकारीले शिष्टाचार भेट गरे। सामाजिक सञ्जाल मार्फत प्राप्त जानकारी अनुसार भेटका क्रममा राज्यको समग्र विकास, कानुन–व्यवस्थाको सुदृढीकरण तथा जनकल्याणसम्बन्धी कार्यमा राज्यपालको भूमिकाबारे छलफल भएको श्री अधिकारीले बताए।
राज्यपाललाई भेटपछि अधिकारीले जारी गरेको वक्तव्य अनुसार राज्यको सर्वोच्च संवैधानिक पदमा रहँदै राज्यपालले विकास, सुशासन तथा जनहितका कार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उक्त अवसरमा विपक्षी दलका नेता एवं पश्चिम बंगाल भाजपा अध्यक्ष शुभेन्दु अधिकारीले राज्यपाललाई ‘श्रीमद्भगवद्गीता’ उपहार दिँदै स्वामी विवेकानन्द तथा महाप्रभु चैतन्यको पुण्यभूमिमा स्वागत गरे।
यसै क्रममा राज्यपालले महत्वपूर्ण जिम्मेवारी ग्रहण गरेकोमा बधाई दिँदै विपक्षी दलका नेताले राज्यको हितका विषयमा आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।









