गान्ताेक: माननीय श्री न्यायाधीश मुहामद मुस्ताक आयुमन्टाकथलाई सिक्किम उच्च अदालतको माननीय मुख्य न्यायाधीश पदमा पदोन्नति तथा नियुक्ति भएको अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले हृदयदेखि बधाई र हार्दिक स्वागत जनाए।
सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले नवनियुक्त न्यायधीशको इमानदारी, विवेक र संविधानिक मूल्यप्रति अटल प्रतिबद्धताद्वारा चिनिएको गौरवमय न्यायिक यात्राले सिक्किम राज्यको न्यायपालिकालाई अझ सबल बनाउने छ र न्यायका उच्च परम्पराहरूलाई कायम राख्नेछ भनि विश्वास व्यक्त गरे।
मुख्यमन्त्रीले न्यायधीशको सफल र सार्थक कार्यकालको कामना गर्दै, उत्तम स्वास्थ्य, शक्ति तथा सम्मानित जिम्मेवारीहरूको निर्वहनमा पूर्ण सफलता प्राप्त होस् भनि शुभेच्छा व्यक्त गरे।









