नवदीप प्रतिभा संघको वार्षिक सभा सम्पन्न

Screenshot_20230212_233414_Dailyhunt.jpg

नाम्ची। नाम्ची जिल्लाअन्तर्गत राभाङलामा आज नवदीप प्रतिभा संघको वार्षिक सभा एलबी प्रधानकाे अध्यक्षता सम्पन्न भयो। यस सभाको मुख्य उद्देश्य संघको पूरानो कार्यकारिणी समिति विगठन गरेर नयाँ कार्यकारिणी समिति गठन गर्नु रहेको थियो।

सभाले पारित गरेअनुसार संघका नवनियुक्त कार्यकारिणी समितिका अध्यक्ष अन्नु छेत्री, उपाध्यक्ष कुन्चु कालीकोटे, महासचिव रूपलाल छेत्री, सहसचिव पेम्बा शेर्पा, कोषाध्यक्ष विमला सुब्बा, सह-कोषाध्यक्ष सोनाम याङडा भोटिया रहेका छन्। सभामा विभिन्न प्रस्तावहरू पनि पारित गरिएका छन्। सभामा संघका सम्पूर्ण सदस्यहरू उपस्थित रहेका थिए।

About Author

Advertisement