नवजात शिशुलाई काखमा लिएर माध्यमिक परीक्षा दिइन् स्नेहाले

Capture2-16

कालचिनी: कालचिनी ब्लकको लताबारी ग्रामीण अस्पतालमा आज नवजात शिशुलाई काखमा लिएर एउटी छात्राले माध्यमिक परीक्षा दिइन्। कालचिनी ब्लकको हाँसीमारा हिन्दी हाई स्कुलकी छात्र स्नेहाले यस वर्ष माध्यमिक परीक्षा दिइरहेकी छन्। गत राति प्रसव पीडा भएपछि तत्कालै तिनलाई लताबारी ग्रामीण अस्पतालमा भर्ना गरेपछि तिनले स्वस्थ पुत्र सन्तानलाई जन्म दिइन्। आज परीक्षा रहेकोले प्रशासनको तर्फबाट लताबारी अस्पतालको बेडमा तिनलाई परीक्षा दिने व्यवस्था गरिदिएको छ। तिनले आज नवजात शिशुलाई काखमा लिएर माध्यमिक परीक्षा दिइन्।

About Author

Advertisement