गान्तोक: विधायक तथा नवगठित वैदेशिक रोजगारी तथा भर्ती सहजीकरण बोर्डका अध्यक्ष मदन सिञ्चुरीको अध्यक्षतामा आज बोर्डको पहिलो बैठक सम्पन्न भएको छ। बैठक अध्यक्षको कार्यकक्षमा आयोजना गरिएको थियो।
बैठकमा कौशल विकास विभागका सचिव, अतिरिक्त सचिव, संयुक्त सचिव र बोर्डका सदस्य सचिव उपस्थित रहेका थिए। बैठकको मुख्य उद्देश्य बोर्डको भावी कार्यदिशा तय गर्नु तथा आगामी कार्यक्रम र योजनाहरूको कार्ययोजना तयार गर्नु रहेको थियो।
बैठकमा वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको र बोर्डले आगामी दिनमा नीति, प्रक्रिया र सहजीकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको जानकारी दिइएको छ।











