नर्थ बंगाल बडी बिल्डिग एवम् फिटनेस च्याम्पियनसिप २०२२ प्रतियोगितामा विजयी

IMG_20220705_222906.jpg

सिलगढी: सिलगढीका दुइ युवाहरूले गत ३ जुलाईको दिन सम्पन्न भएको नर्थ बंगाल बडी बिल्डिग एवम् फिटनेस च्याम्पियनसिप प्रतियोगितामा राम्रो प्रदर्शन गरेको छ। जसले गर्दा सिलगढीको नाम एकपल्ट फेरि गौरवान्वित तुल्याएको छ।
ति दुइ युवकहरू क्रमैले पुलक बर्मन र आकाश मल्लिक रहेको छ। यस प्रतियोगितामा आकाश मल्लिक बडी बिल्डिङमा प्रथम बने भने फिटनेस च्याम्पियन अफ च्याम्पियन बनेका छन्। यसैगरी पुलक बर्मनले बडी बिल्डिङमा दोस्रो स्थान हासिल गरेका छन्। तिनीहरूको यो विजयले सिलगढीबासी सहित महानन्दा स्पोर्टिङ्ग क्लबको जिम सेन्टरका प्रशिक्षक पप्पु रोय धेरै खुशी भएका छन्।

About Author

Advertisement