खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान र सांगठनिक सभा गरिने क्रममा दोस्रो दिन नरबुङ चियाबारी सभा सम्पन्न भएको छ। उक्त सभा विकास गुरुङको अध्यक्षता र शिक्षक राजेस थापाको सञ्चालनमा सम्पन्न भएको छ। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, प्रवक्ता बिपन विश्वकर्म, शिवखोला ग्राम पञ्चायतको उप प्रधान अम्बिका देवान, पञ्चायत समिति सदस्या दिक्षा छेत्री, आदिले वक्तव्य राखेका थिए। यसै सभामा नरबुङ चियाबारीबाट गोरामुमोका सोनी देवान भागोप्रमोमा सामेल भएका छन्। सभामा सिपाहीधुराको लागि शिवखोला ग्राम पञ्चायतको पञ्चायत सदस्य उपेन्द्र राईलाई संयोजक अनि सबीर प्रधानलाई सह संयोजक चयन गरेका छन्। अब दुवैको अगुवाईमा एक हप्ताभित्र भागोप्रमो सिपाहीधुरा शाखा कमिटी गठन गर्ने निर्देशन समष्टि कमिटीले दिएको जानकारी प्राप्त भएको छ। सभामा युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, समष्टिकाे सदस्य मिलन छेत्री लगायत समष्टिको पदाधिकारीहरु अनि नरबुङ चियाबारी शाखाको सभापति, सचिव साथै ७ वटै प्रशाखाहरुका सभापति सचिवहरु, नारी शक्ति, युवा शक्ति, ट्रेड युनियन र सम्पूर्ण भातृ संगठनहरुका पदाधिकारीहरु उपस्थित रहेका थिए।

यस सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत आईतबार नरबुङ चियाबारीमा सांगठनिक सभा सम्पन्न भएको जानकारी गराएका छन्। उनले समष्टिकाे शाखा पसौं अभियान र सांगठनिक सभा तीनधारे महानदी समष्टिको २२ वटै बुथहरुमा सम्पन्न हुने जानकारी गराएका छन्।










