नयी दिशा महिला संघको बार्षिक साधरण सभा सम्पन्न

98d877dd-a255-4eb2-8159-1bc628665299

कालचिनीः गारोपाड़ा ग्राम पञ्चायत अधीनस्थ रहेको सेल्फ हेल्प क्लस्टर नयी दिशा महिला संघको सोमबार डिमा स्थित संघ भवनमा बार्षिक साधरण सभा सम्पन्न भयो। संघको जम्मै सदस्यहरू एवम् पदाधिकारीहरू लगायत गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामा र उपप्रधान पुनाई भगतको उपस्थितिमा सभा सम्पन्न भएको थियो भने विगत २०१९ सालमा गठित एसएचजी क्लस्टर नयी दिशा महिला संघको आय व्यय लगायत क्रियाकलापको चर्चा पश्चात संघको कमिटी पुनर्गठन गरिएको थियो। पुनर्गठित कमिटीमा सभापतिको पदमा ललन्ती कुजूर, उपसभापतिमा जमुना महली, सचिवमा रीमा मंगर लामा, संयुक्त सचिवमा छाँया लामा, कोषाध्याक्षमा जेस्टा टेटे लगायत अन्यान्य कार्यकारिणी सदस्यहरू मनोनित गरिएको नयी दिशा महिला संघको सचिव रीमा मंगर लामाले जनाएकी छन्।
संघले पीडीएस रासन वितरण गर्दै आइरहेको र अन्यान्य कार्यहरू पनि सम्पन्न गर्दै आईरहेको र आगामी दिनमा अझै अन्यान्य कार्यहरू सम्पन्न गर्ने बताईएको छ। उक्त साधारण सभामा उपस्थित गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामाले विगत २०१९ सालमा गठित नयी दिशा महिला संघले यतिका दिनसम्म असल कार्य गर्दै आइरहेको र आगामी दिनमा संघको गरिमालाई अक्षुण्ण राख्दै कल्याणकारी कामहरू गर्ने आशा र भरोसा रहेको बताउँदै विश्व पर्यावरण दिवसको उपलक्ष्यमा संघका महिलाहरूलाई लिएर वृक्षारोपण पनि गर्दै पुनर्गठित कमिटीका सदस्यहरूलाई शुभकामना दिएकी थिईन्।

About Author

Advertisement