५ जूनः राजबारी युथ, तीनधारेको आयोजनमा जारी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। स्थानीय मिठाई डाँड़ा खेल मैदानमा आज दिनको पहिलो म्याचमा नयाँ कमान स्पोर्टिंग क्लबले हिल सिटी सिलगढ़ीलाई पेनल्टी शूट आउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यसरी नै दोस्रो म्याचमा २ नम्बर बस्तीले खरसाङको जेआर32 फूटबल एकाडमीलाई २-०-ले पराजित गऱ्यो। यस टुर्नामेण्टमा सम्पूर्ण उत्तर बंगालबाट १६ वटा नामी-दामी टीमहरूले हिस्स लिएका छन्। दुईवटा सेमिफाइनल म्याच १७ जूनमा हुनेछ। दिनको पहिलो म्याच दिउँसो १ बजी अनि दोस्रो म्याच २.३० बजीदेखि शुरु हुनेछ। फाइनल म्याच १९ जूनमा खेलिनेछ।










