नयाँ कमान एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा प्रवेश

IMG-20260118-WA0009

खरसाङ: नयाँ कमान एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुगेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा गत ३ जनवरीदेखि घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको तेस्रो क्वाटर फाइनल खेल आईतबार आईतबार नयाँ कमान एफसी र घैयाबारी एफसीमाझ सम्पन्न भयो। यस तेस्रो क्वाटर फाइनल म्याचको पहिलो हाफमा नयाँ कमान एफसीको तर्फबाट १ गोल गरेको थियो भने पहिलो हाफको खेल १-० मा सकिएको थियो। म्याचको दोस्रो हाफमा पनि नयाँ कमान एफसीले थप २ गोल गर्न सफल भएको थियो।अर्कोतिर घैयाबारी एफसीले यस खेलमा कुनै गोल गर्न सकेन अनि नयाँ कमान एफसीले ३-० को अन्तरले खेल जितेर घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। यस खेलमा नयाँ कमान एफसीको जर्सी नम्बर ७ लाई म्यान अफ् द म्याच घोषित गरिएको छ। आजको खेल विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको सल्लाहकार दावा वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले बताए अनुसार घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको‌ नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ।

यस टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरुले‌ सहभागिता जनाएका छन् अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १ फरवरीको दिन हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।

About Author

Advertisement