मुम्बई: लामो समय एकअर्कालाई डेट गरेपछि दक्षिण भारतीय चर्चित अभिनेत्री नयनतारा र चलचित्र निर्देशक विग्नेश शिवनले बिहीबार ९ जूनमा विवाह गरेका छन्। विवाह तमिलनाडुको महाबलीपुरमको रिसोर्टमा भएको थियो। यस भव्य विवाहको लागि स्थललाई भव्य रूपमा सजाइएको थियो। दुवैको विवाहमा साउथका धेरै ठूला स्टारहरु सहभागी भएका थिए। योसँगै बलिउडका बादशाह शाहरुख खान पनि नयाँ जोडीलाई आशीर्वाद दिन त्यहाँ पुगेका थिए। यसैबीच, उनीहरुले विवाह गर्नेबित्तिकै यी जोडीले एकअर्कालाई धेरै महँगो उपहार दिएका छन्।










