नम्बूमा विद्या भारती सिक्किमको चौथो संस्कार केन्द्र शुरू

FB_IMG_1733076492136

गान्तोक: नम्बूमा स्थापित विद्या भारती सिक्किमकाे नयॉं सरस्वती संस्कार केन्द्र आजदेखि सञ्चालनमा आएको छ। यस केन्द्रमा शिक्षाका साथै संस्कार, सुस्वास्थ्य, खेलकुद, योग, संगीत आदि नि:शुल्क रूपमा सिकाइने छ।
यसका साथै विद्या भारती सिक्किमको अब राज्यमा कुल चार संस्कार केन्द्र पुगेको छ।
केन्द्रको सञ्चालन आचार्याहरूले सेवाभावका साथ गरिरहेको विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले बताएका छन्। साथै, केन्द्रहरूको देखरेखका लागि सञ्चालन समिति पनि छन्। यी चार केन्द्रमा अहिले ८३ विद्यार्थी अध्ययनरत छन्।
विद्या भारती सिक्किमको रजत जयन्ती वर्षको उपलक्ष्यमा सीमान्त क्षेत्र, ग्रामीण आदि स्थानहरूमा सरस्वती संस्कार केन्द्र स्थापित गर्ने योजनानुसार उक्त कार्य भइरहेको संयोजक शर्माले बताएका छन्। उनले आगामी वर्ष २०२५ सम्ममा १० यस्ता केन्द्र स्थापित गर्ने योजना रहेको बताएका छन्।

About Author

Advertisement