सिलगढी: नबी दिवसमा सडकमा ठूलो भीड जम्मा हुने सम्भावना छ। यसैलाई ध्यानमा राख्दै अन्जुमन खिदमत–ए–खल्कले जनतालाई सहयोगको अपिल गरेको छ। सिलगढी जर्नलिस्ट क्लबमा अन्जुमन खिदमत-ए-खलकद्वारा पत्रकार सम्मेलनको आयोजना गरियो। पत्रकार सम्मेलनमा बोल्दै संगठनका सचिव फिरोज अहमद खानले १६ सेप्टेम्बरमा पैगम्बर मोहम्मदको जन्मदिन देशभर विभिन्न कार्यक्रम गरी मनाइने बताए। मुस्लिम समुदायले त्यो दिन पूर्ण सम्मानका साथ मनाउने छन्। यस दिन सिलगढीका विभिन्न भागबाट धेरै जुलुस निकालिनेछ। हिलकार्ट रोडस्थित हाश्मीचोक चोकमा ठूलो संख्यामा मानिसहरु भेला हुनेछन् र त्यहाँबाट जुलुस निकालिनेछ। त्यो दिन सडकमा ठूलो भीड हुनसक्ने अन्जुमन–खिदमत–ए–खल्कका सदस्यहरुले बताएका छन्। यसले नगरवासीलाई समस्या पर्न सक्छ। पत्रकार सम्मेलनमा बोल्दै संगठनका सचिव फिरोज अहमद खानले यसका लागि नगरवासीसँग अग्रिम माफी माग्न चाहेको बताए। हाश्मीचोक चोकबाट विशाल जुलुस निकालिने भएकाले सबैलाई सहयोगको अपिल गरिएको छ।










