नदीबाट बालुवा चोरी गरेको आरोपमा १ जना पक्राउ

3b9e1733-8e26-4f25-90e0-dec2dae45aec-1024x576-1

खोरीबारी : नदीबाट बालुवा चोरी गरेको आरोपमा एकजना बालुवा माफियालाई खोरीबारी थाना पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्राउ परेका व्यक्ति खोरीबारी निवासी सञ्जय सिंहको रूपमा चिन्हित गरिएको छ। पुलिसले हिजो खोरीबारीको डुमुरिया नदी संलग्न इलाकामा अभियान चलाएर एउटा डम्पर, एउटा जेसीबी सहित सञ्जय सिंहलाई पक्राउ गरेको बताइएको छ। ग्रिन ट्रिब्युनलको निर्देश उपेक्षा गरेर नदीबाट बालुवा चोरी गरेको घटनामा उक्त व्यक्तिलाई पक्राउ गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement