नजमुल इस्लामलाई पदबाट बर्खास्त गऱ्यो बीसीबी-ले

IMG-20260115-WA0095

ढाका: खेलाड़ीहरूका माग स्वीकार गर्दै अन्तमा गएर बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)-ले नजमुल इस्लामलाई बोर्डको वित्तीय समितिको अध्यक्ष पदबाट बर्खास्त गऱ्यो। नजमुललाई लिएर बंग्लादेशका खेलाड़ीहरूमा व्यापक रोष थियो। यसबाहेक क्रिकेटर्स वेलफेयर एसोसिएशन अव् बंग्लादेश (सीडब्ल्यूएबी) -ले नजमुलले पद नछोड़ेसम्म देशमा क्रिकेट वहिष्कार गर्ने धम्की दिएको थियो। विवाद बढ़िरहेको देखेर बीसीबी नजमुललाई पदबाट हटाउन वाध्य भयो। नजमुलमाथि खेलाड़ीहरूका योगदान र पारिश्रमिकलाई लिएर अपमानजनक बयान दिएको आरोप रहेको छ। उनले आउँदो महिना भारतमा हुने आईसीसी टी२० विश्व कपलाई लिएर बंग्लादेशको यात्रामाथि प्रश्न उठाएका थिए। उनले पूर्व कप्तान तमीम इकबाललाई पनि भारतको एजेण्ट बताएका थिए। नजमुलको विवादित बयानको असर चाँड़ै देखियो। नजमुलले राजीनामा नदिएसम्म हरेक थरीको क्रिकेट वहिष्कार गर्ने खेलाड़ीहरूले धम्की दिए। खेलाड़ीहरूका आक्रामक मिजासलाई ध्यानमा राखेर बीसीबी-ले नजमुललाई पदबाट हटाउने फसेला गऱ्यो।

About Author

Advertisement