नाला झोड़ातिर मैलाहरू र अन्य चीजबीजहरू नफ्याँकिदिने नगरपालिकको अनुरोध
खरसाङ: खरसाङ नगरपालिकाद्वारा नगरपालिकाको विभिन्न स्थानहरूमा सर सफाई कार्य जारी रहेको छ। आज खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनद्वारा नगरपालिका अन्तर्गत पंखाबारी रोड क्षेत्रमा सर सफाई गरिएको छ। उक्त सर सफाई कार्यमा खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनको भाइस चेयरम्यान सुवास प्रधान उपस्थित रहेका थिए भने नगरपालिकाको टिमले उक्त सर सफाई कार्य सम्पन्न गरेका छन्। विशेष रूपमा नगरपालिकाको टिमले हिज परेको पानीले बन्द गरेको नाली झोड़ाहरू खोलाउने साथै झार जंगल सर सफाई गरेका छन्।

उक्त सर सफाई विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनको भाइस चेयरम्यान सुवास प्रधानले नगरवासीहरूलाई अनुरोध गर्दै अब बर्खाको समय शुरु भएको कारणले नाली झोड़ाहरूतिर कुनै प्रकारको मैलाहरू र अन्य विभिन्न किसिमको वस्तुहरू नफ्याँकिदिने अनुरोध गरेका छन्। उनले नगरवासीको स्वस्थ्य र स्वच्छताको लागि खरसाङ नगरपालिकाको टिमले लगातार रूपमा सर सफाई गरिरहेको बताउँदै नगरपालिकाले गरेको कामप्रति सहयोग गरदिने अनुरोध गरेका छन् कारण नगरवासीको सहयोगबिना कामले सफलता पाउँदैन। त्यसैले सबैजनाले सहयोग गरिदिने आग्रह पनि गरेका छन्।









