नक्सलबारी ग्रामीण अस्पतालको आपतकालीन विभाग अघि लड्यो बुढो रुख

Screenshot_20240925_220515_Chrome

नक्सलबारी: गत राति नक्सलबारी ग्रामीण अस्पतालको आपतकालीन विभागको अगाडी एउटा बुढो रूख लडेपछि अस्पतालको आपतकालीन विभाग अवरुद्ध भएको बताइएको छ। अस्पताल प्रशासनले तत्कालै यसको सूचना पुलिसलाई दियो। त्यसपछि नक्सलबारी पुलिस घटनास्थलमा पुग्यो। पुलिसले टुकरियाझार वन विभाग र नक्सलबारी अग्निशमन विभागलाई पनि सूचित गर्यो। त्यसपछि वन विभागले रूख काटेर हटाएको छ। अस्पताल सूत्र अनुसार, यस घटनामा आपतकालीन विभागका चिकित्सा सेवाहरू बाधित भएको छैन।

About Author

Advertisement