नक्सलबारीमा सौर्य ऊर्जाबाट चल्ने पिउने पानीको परियोजनाको उद्घाटन

Capture1-4.png

नक्सलबारी: नक्सलबारीको नेहाल-दयाराम र झापुजोतमा गाउँलेहरूको पिउने पानीको समस्या समाधान गर्न सौर्य ऊर्जाबाट चल्ने पिउने पानीको परियोजनाको आज उद्घाटन गरियो। मनिराम ग्राम पञ्चायतका प्रधान गौतम घोषले आज उक्त परियोजनाको उद्घाटन गरे। लगभग ११ लाख रुपियाँको लागतमा नक्सलबारीको २ वटा इलाकामा उक्त परियोजनाको कार्य शुरू गरिएको हो। उक्त परियोजनाको माध्यमद्वारा स्थानीय मानिसहरूलाई स्वच्छ पिउने पानीको सेवा प्रदान गरिनेछ। यसभन्दा पहिला मनिराममा १० वटा सौर्य ऊर्जाबाट चल्ने पिउने पानीको परियोजनाको उद्घाटन गरिसकेको छ भने अझ ६ वटा परियोजनाको कार्य चलिरहेको छ। शुद्ध पिउने पानी पाएर गाउँलेहरू खुसी छन्।

About Author

Advertisement