नक्सलबारीको मनिराम ग्राम पञ्चायतको तर्फबाट वार्षिक क्रीडा प्रतियोगिताको आयोजना

Capture5-9.png

नक्सलबारी: नक्सलबारीको मनिराम ग्राम पञ्चायत अन्तर्गत सबै प्राथमिक तथा शिशु शिक्षा केन्द्रका विद्यार्थीहरूलाई लिएर केतुगाबुरजोत प्राथमिक विद्यालयमा वार्षिक क्रीडा प्रतियोगिताको आयोजना गरियो। उक्त प्रतियोगितामा १५ वटा प्राथमिक विद्यालय तथा ९ वटा शिशु शिक्षा केन्द्रका विद्यार्थीहरूले अंश ग्रहण गरेका छन्। सिलगढी महकुमा परिषद्का सभाधिपति अरूण घोषले उक्त प्रतियोगिताको शुभारम्भ गरे। यस अवसरमा मनिराम ग्राम पञ्चायत प्रधान गौतम घोष, उप प्रधान रञ्जन चिकबराइक लगायत अन्य उपस्थित थिए। यस अवसरमा राष्ट्रिय झण्डा उत्तोलन गरेपछि राष्ट्रिय सङ्गीत गाएर प्रतियोगिता शुरू गरियो। प्रतियोगिताका विजेताहरूले नक्सलबारी चक्र र पछि जिल्ला स्तरीय खेलमा अंश ग्रहण गर्नेछन्।

About Author

Advertisement