धोनी चोटग्रस्त, सीएसके-को निम्ति शुरुवाती ४ वटा म्याच नखेल्ने

IMG-20260328-WA0056

चेन्नई: आईपीएल २०२६ शुरु हुन अघि चेन्नई सुपर किंग्स (सीएसके)-लाई ठूलो झट्का लाग्यो। टीमका दिग्गज खेलाड़ी एमएस धोनी चोटले गर्दा शुरुवाती ४ वटा म्याचबाट बाहिर भएका छन्। सीएसके-ले आफ्नो आधिकारिक बयानमा धोनी अहिले काफ स्ट्रेन (पासुलाको चोट)-सँग जुझिरहेको अनि उनको पुनर्वास जारी रहेको जानकारी दिएको छ। टीमले जारी गरेको बयानमा भनेको छ, एमएस धोनी अहिले काफ स्ट्रेनबाट मुक्त हुने प्रक्रियामा छन्। यसैकारण उनी आईपीएलको पहिलो २ हप्ता मैदानबाट बाहिर रहन सक्छन्। धोनीको यो चोट मांसपेशीसँग सम्बन्धित छ, जसलाई ठीक हुन समय लाग्छ। यसैकारण उनले पहिलो दुई हप्ता खेल्न नसक्ने तय छ। यसरी सीएसके-लाई कम्तीमा ४ वटा म्याचमा उनको सेवा प्राप्त हुनेछैन। यो टीमको निम्ति ठूलो झट्का हो कारण धोनीले अनुभव र नेतृत्व दुवैमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। सीएसके-ले शुरुवाती २ हप्तामा ४ वटा म्याच खेल्नु छ। यसमा ३० मार्चमा राजस्थान रोयल्सविरुद्ध (गुवाहाटी), ३ अप्रेलमा पञ्जाब किंग्सविरुद्ध (चेन्नई), ५ अप्रेलमा रोयल च्यालेञ्जर्स बेंगलुरुविरुद्ध (बेंगलुरु) र ११ अप्रेलमा दिल्ली क्यापिटल्सविरुद्ध (चेन्नई) म्याच सामेल छ। त्यसपछि १४ अप्रेलमा कलकत्ता नाइट राइडर्सविरुद्ध चेन्नईमा म्याच रहेको छ। धोनी दिल्ली या कलकत्ताविरुद्ध म्याचमा फर्किन सक्छन्।
धोनी अहिले टीमको कप्तान नभए पनि मैदानमा उनको उपस्थितिलाई महत्त्वपूर्ण मानिन्छ। उनी अनक्याप्ड प्लेयरको रूपमा टीममा सामेल भएका छन्। विकेटकीपिंगमा अनुभव, डेथ ओभरहरूमा फीनिशिंग र युवा खेलाड़ीहरूलाई मार्गदर्शन गर्ने मामिलाहरूमा उनको कमी अनुभव हुनेछ। ४४ वर्षीय धोनीले अहिले केवल आईपीएलमा खेल्ने हुनाले उनको निम्ति म्याच फिटनेस कायम राख्नु चुनौतीपूर्ण बनेको छ। उनले आईपीएलको गत सीजनमा १४ वटा म्याच खेलेका थिए अनि अधिकांश म्याचमै तल्लो क्रममा खेल्दै अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाउने प्रयास गरेका थिए। यसबाहेक क्रिकेटबाट सन्न्यास लिएपछि उनी घुँड़ाको समस्यासँग पनि जुझिरहेका छन्। यसैकारण उनले २०२३-मा सर्जरी पनि गराउनु परेको थियो। धोनीको अनुपस्थितिमा सीएसके म्यानेजमेण्टले अन्तिम एकादशमा पनि फेरबदल गर्नु पर्नेछ। विकेटकीपिंगको जिम्मेवारी अन्य कुनै खेलाड़ीले पाउन सक्छन्। धोनी बाहेक विकेटकीपरको रूपमा टीममा अन्य तीनवटा विकल्प रहेको छ। यसमा सञ्जु सेमसन, उर्विल पटेल र कार्तिक शर्मा सामेल छन्। सञ्जुले खेल्ने तय छ। अब उर्विल र कार्तिकमा एकजनाले मौका पाउन सक्छन्।

About Author

Advertisement