धोनीले २०११ वर्ल्ड कप फाइनलमा प्रयोग गरेका थिए सबैभन्दा महँगो ब्याट

IMG-20230810-WA0229.jpg

१० अगस्तः भारतीय क्रिकेट टोलीका कप्तानको रूपमा महेन्द्र सिंह धोनीले आफ्नो कार्यकालको अवधि भारतलाई दुईवटा वर्ल्ड कप खिताब दिलाए। पहिलो २००७-मा टी२० वर्ल्ड कप अनि २०११-मा वनडे वर्ल्ड कप। यसमा वनडे वर्ल्ड कपमा उनी विश्वको सबैभन्दा महँगो ब्याट लिएर खेलेका थिए। साधारणत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग गरिने ब्याटको मूल्य १० हजारदेखि लिएर ४०-५० हजार रुपियाँसम्म हुन्छ तर धोनीले प्रयोग गरेको ब्याटको मूल्य त्यस समय नै एक लाख रुपियाँ थियो। धोनीले प्रयोग गरेको ब्याट ईंग्लिश विलो-ले बनिएको थियो। धोनीले पछिबाट त्यस ब्याटलाई एउटा च्यारिटी संस्थाको निम्ति लिलाम गरेका थिए। त्यस लिलामीमा उनको ब्याट ८३ लाख रुपियाँमा बिक्री भएको थियो। मेन्सएक्सपी-को रिपोर्ट अनुसार, २०११ वर्ल्ड कपमा धोनीले प्रयोग गरेको ब्याटलाई ईष्ट मीट्स वेष्ट च्यारिटी डिनर नामक एउटा च्यारिटी लिलामीमा सामेल गरिएको थियो अनि आरके ग्लोबल शेयर एण्ड सिक्योरिटीज लिमिटेडले त्यस ब्याटलाई १०००० पाउण्ड (८३ लाख रुपियाँ)-मा किनेको थियो। उल्लेखनीय छ, धोनीले आफ्नो स्वर्णिम करियरमा धेरै रेकर्डहरू बनाए जबकि उनले आफ्नो करियरको शुरुवातमा एउटा ब्याटको प्रायोजक पाउनु पनि निक्कै संघर्ष गर्नु परेको थियो। धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् अनि केवल आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्ने गर्छन्।

About Author

Advertisement