धोतरिया बालासनमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG-20221114-WA0237.jpg

सोनादा: लायन्स क्लब दार्जीलिङ तथा आशारिका फाउण्डेसनको संयुक्त तत्वावधानमा धोतरिया बालासनमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरिएको छ। उक्त शिविरमा धेरै मानिसहरु लाभान्वित बनेको जानकारी प्राप्त भएको छ। विशेषज्ञ डाक्टर सुभाष मोक्तान एवम् लायन्स क्लव टिमले ब्लड प्रेसर, मधुमेह लगायतका रोग जाँच गरेका थिए। यसैबीच विपन्न परिवारलाई न्यानो लुगा- फाटा वितरण गरियो।

कार्यक्रममा आशारिका फाउण्डेशनका सचिव रुपेश छेत्री, मृणालिनी प्रधान, शरण कुमार लिम्बू तथा बालसनको हाम्रो लक्ष्य स्वनिर्भर दल साथै आशारिका फाउण्डेशन बालासनका प्रतिनिधिवर्गको उपस्थिति रहेको थियो।

About Author

Advertisement