दार्जिलिङ: दार्जिलिङ पहाडमा कुद्ने धेरै पुरानो दार्जिलिङ हिमालयन रेलवेको मालगाडी ट्रायलमा तीनधारेदेखि महानदी रेलवे स्टेशनसम्म आईपुगेको थियो। यो मालवाहक रेलगाडी महानदीसम्म आईपुगेको थियो। उक्त ट्रायलमा महानदीसम्म आईपुगेको मालगाडीको दुईवटा डिब्बा १९४३ र १९४४ सालमा तीनधारेमा बनिएको जानकारी प्राप्त भएको छ। यसको साथै मालगाडीको दुईवटा डिब्बा लिएर आएको वाष्पचालित ईञमजिन पनि १९२५ सालमा तीनधारेमा बनिएको जानकारी प्राप्त भएको छ। बिहीबार महानदी रेलवे स्टेशनसम्म आईपुगेको मालगाडी देखेर स्थानीयहरु छक्क परेर निहालिरहेका थिए। सबैले धेरै वर्षपछि आएको भन्दै अचम्म मान्दै हेरिरहेका थिए। स्थानीय मानिसहरुले धेरै वर्षपछि आएको मालगाडीको फोटो र भिडियोहरु गरिरहेको देखिएको थियो। यस विषयमा दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरीसित कुराकानी गर्दा उनले यो मालगाडीको आज ट्रायल रहेको र यो मालगाडी धेरै पुरानो समयको रहेको बताएका छन्। उनले यो मालगाडीको ट्रायल गर्नुको मुख्य उद्देश्य आगामी ३० मार्चको दिन रंगटङ्गदेखि तीनधारेसम्म दुईवटा मालगाडी विदेशी पर्यटकहरुले रिजर्व गरिरहेको र उक्त दिनको लागि यो मालवाहक रेलगाडी ट्रायलको लागि तीनधारेदेखि महानदी रेलवे स्टेशनसम्म कुदाइएको बताए। उनले यो आगामी ३० मार्चमा यही मालगाडी रंगटङ्गदेखि तीनधारेसम्म विदेशी पर्यटकहरुलाई लिएर यात्रा गर्ने जानकारी गराएका छन्।









