धेरै जनाले नामाङकन पत्र बुझाए

IMG-20240326-WA0266.jpg

गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति नामाङकन भर्ने आज चौथो दिन पाकिम जिल्लाबाट केवल एकजना उम्मेदवारले मात्र नामाङकन बुझाएको जानकारी गराएको छ। आज नामाङकन बुझाउनेमा एसडीएफ पार्टीका उम्मेदवार छिरिङ वाङदी लेप्चा रहेका छन्। यसरी नै नाम्ची जिल्लाबाट दुई जना उम्मेदवारले नामाङकन पत्र रिटर्निङ अधिकारीसमक्ष बुझाएका छन्। यी दुवै उम्मेदवारले नाम्ची जिल्लाकी जिल्लापाल एवम रिटर्निङ अधिकारी अन्नपूर्ण आलेलाई आफ्नो नामाङकन पत्र बुझाएका हुन्। आज नामाङकन पत्र बुझाउनेहरूमा स्वतन्त्रता उम्मेदवार रूपेन कार्की र सिटीजन एक्सन पार्टीका उम्मेदवार गणेश राई रहेकाछन्। यसरी नै गेजिङ जिल्लाबाट कूल तीन जना उम्मेदवारले नामाङकन पत्र गेजिङ जिल्लाका जिल्लापाल एवम रिटर्निङ अधिकारी एम भरानी कुमारसमक्ष बुझाएका छन्। आज नामाङकन पत्र बुझाउनेहरूमा भारतीय जनता पार्टीका उम्मेद्वार एनके सुब्बा, स्वतन्त्रता उम्मेदवार दिपेन्द्र गुरूङ र स्वतन्त्रता उम्मेदवार खुसेन्द्र प्रसाद शर्मा सामेल रहेकाछन्। सोही प्रकारले मंगन जिल्लाबाट आज कुल चार जना उम्मेदवारले नामाङकन पत्र बुझाएका छन्। आज नामाङकन पत्र बुझाउनेहरूमा कवि लुङचोक निर्वाचन क्षेत्रको निम्ति नाउ छोपेल लेप्चा, जङ्गु निर्वाचनबाट सोनम ग्याछो लेप्चा र जोर्बु छिरिङ लेप्चा रहेका छन् भने लाचेन मंगन निर्वाचन क्षेत्रको निम्ति हिस्से लाचुङपाले आफ्नो नामाङकन पत्र बुझाएका छन्। सोही प्रकारले गान्तोक जिल्लाबाट आज कूल चारजनाले नामाङकन पत्र बुझाएका छन्। आज नामाङकन पत्र बुझाउनेहरूमा सोनम लामा, खडगा बहादुर राई, लातेन छिरिङ शेर्पा, स्यामलाला पल सामेल रहेका छन्।

About Author

Advertisement