‘धुरंधर २’ को बक्स अफिसमा धमाका, दुई दिनमै २०० करोड पार

4391178-dhurandhar-2

नयाँ दिल्ली: बलिउड फिल्म धुरंधर २ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ। फिल्मले रिलिज भएको दुई दिनमै २०० करोडभन्दा बढी कमाइ गर्दै नयाँ रेकर्ड बनाएको हो।
पहिलो दिनमै १०० करोडभन्दा बढी कमाइ गरेको फिल्मले दोस्रो दिन पनि करिब ८०.७२ करोड रुपैयाँ कमाएको छ। यससँगै कुल कमाइ २२६ करोडभन्दा बढी पुगेको छ।
यस फिल्मले हिन्दी बक्स अफिसको सबैभन्दा ठूलो शुक्रबार कलेक्शनको रेकर्ड पनि बनाएको छ। यसअघि यो रेकर्ड पुष्पा २ को नाममा थियो, तर ‘धुरंधर २’ ले झण्डै ७९ करोड कमाउँदै नयाँ कीर्तिमान कायम गरेको हो।
फिल्मले जवान, एनिमल र केजीएफ २ जस्ता ठूला फिल्मका रेकर्डहरू पनि तोडेको छ।
सबैभन्दा छिटो २०० करोड कमाउने रेकर्ड पहिले ‘पुष्पा 2’, ‘जवान’ र ‘एनिमल’ का नाममा थियो, जसले ३ दिनमा यो उपलब्धि हासिल गरेका थिए। तर ‘धुरंधर 2’ ले मात्र २ दिनमै यो उपलब्धि हासिल गर्दै नयाँ इतिहास रचेको छ।
फिल्ममा रणवीर सिंह को अभिनयलाई पनि यसको सफलताको मुख्य कारण मानिएको छ।
ईदको अवसरका कारण फिल्मको कमाइ अझ बढ्ने अपेक्षा गरिएको छ र आगामी दिनमा थप रेकर्ड बन्ने सम्भावना रहेको छ।

About Author

Advertisement