धुपगड़ीमा सम्पन्न हुने शहीद दिवसलाई केन्द्र गरेर १५ जुलाईको दिन बाइक ऱ्याली गरिने

IMG-20220705-WA0188.jpg


कालचिनी: आगामी २१ जुलाईको दिन तृणमूलद्वारा शहीद दिवस अनि धुपगड़ीमा तृणमूल महासचिव अभिषेक ब्यानर्जीको आगमनलाई केन्द्र गरेर टीएमसीपीले प्रत्येक बुथ र अञ्चलहरूमा सभा गर्दै हिँड़िरहेको क्रममा आज लोथाबारी अञ्चलमा एउटा बैठक सम्पन्न गरेको थियो। उक्त बैठक पश्चात छात्रा नेता हैदर अली अन्सारीले शहीद दिवसको दिन कालचिनी खण्डको प्रायः २४६ वटा बुथहरूबाट नै शहीद दिवसको दिन धुपगड़ीमा जाने र त्यस अघि आगामी १५ जुलाईको दिन कालचिनी ब्लकव्यापी बाइक ऱ्याली सम्पन्न गरिने बारे निर्णय भएको जनाएका छन्। प्रत्येक बुथहरूबाट ४ जना गरेर मोटरबाइक ऱ्यालीमा सो दिन निस्कने र भव्यरुपमा आगामी २१ जुलाईको शहीद दिवस सफलीभूत बनाउन सो बाइक ऱ्यालीको आयोजना गरिने टीएमसीपी कालचिनी ब्लक सभापति हैदर अली अन्सारीले जनाएका छन्।

About Author

Advertisement