धिमाल सिरिजात तथा जातिरि पर्व पालन

IMG-20240617-WA0035.jpg

झापा/भद्रपुर: मोरङको उर्लाबारी नगरपालिका–३ धिमाल परियोजाना दश विगेमा धिमाल जातिको महान पर्व जातिरि÷सिरिजात पर्वको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम तथा सम्मन सहित सम्पन्न भएको छ। जातीय विकास केन्द्रले “धिमाल जातिको पहिचान राष्टको शान धिमाल स्वायत्तक्षेत्र हाम्रो अभियान” भन्ने मुलनाराका साथ प्रदेश नम्बर१ का आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीबाट कार्यक्रमको समुद्घाटन गरिएको थियो ।कार्यक्रममा केन्द्रले प्रत्येक वर्ष धिमाल युवा प्रतिभा पुरस्कार सम्मान प्रदान गर्दै आइको छ। जसमा धिमाल युवा प्रतिभा पुरस्कार बेलबारी नगरपालिका १०, माटिगाउँ मोरङकी स्वरस्ती धिमाललाई प्रदान गरिएको थियो। उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, केद्रिय अध्यक्ष, विशिष्ठ अतिथि र उपस्थित अतिथिहरुबाट सम्मान पत्र, आल्गी धावा र नगद रु पाँच हजार सहित सम्मान गरिएको थियो ।उनले गिनिज बुक अफ वर्ड रेकर्डमा सबैभन्दा उच्च स्थान ५,२७८ मिटर उचाईमा कोरियोग्राफि गरेर नाम लेखाउन सफल, एक सफल नृत्यङ्गना हुन्। डान्सिङ स्टार नेपाल, स्कुल डान्सिङ च्याम्स, शिखर डान्स आईकनको उपाधि विजेता हुन भने उनले विभिन्न गितमा कोरियोग्राफरको रुपमा काम समेत गरीसकेकी छिन्।

मेला तथा साँस्कृतिक कार्यक्रममा मोरङ, झापा, सुनसरी, काठमांडू जिल्ला समेतबाट धिमाल लगायत गैह्र धिमालहरु हजारौंको संख्यामा सहभागी थिए। साँस्कृतिक कार्यक्रमा बिभिन्न धिमालटोलहरुबाट आएका धिमाल नृत्य, गायन विधाका धिमाल राष्ट्रिय कलाकार संजिव धिमाल, गायक डिकबहादुर धिमाल, सुरेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल संगै विभिन्न गाउँटोलबाट आएका धिमाल सामुकि नृत्यबाट मनोरञ्जन दिलाएका थिए।

About Author

Advertisement