धार्मिक अनुष्ठानमा मुख्यमन्त्री सहभागी

IMG-20241003-WA0286

गेजिङ: मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहिवार पेलिङस्थित चेरेजी सिङ्खाम रेवो पोताला, साङ्ग-नगामा आयोजित वार्षिक एक सय मिलियन मणि मोन्लाम” समारोहमा सहभागिता जनाएका थिए। पौराणिक आध्यात्मिक महत्व रहेको यस कार्यक्रममा मन्त्री तथा क्षेत्रीय विधायक भीम हाङ सुब्बा, सोनाम लामा, मन्त्री एनबी दाहाल, पर्यटन तथा नागरिक उड्डयन तथा वाणिज्य विभागका मन्त्री टीटी भोटिया, विधायक एलएन शर्मा, विधायक तथा सल्लाहकार सुदेशकुमार सुब्बालगायत जिल्लाका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। मुख्यमन्त्रीले राज्यमा शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका छन्। यस अवसरमा क्याब्जे गोङ्ग्याङ रिन्पोछेले आशीर्वाद दिँदै समारोहलाई अझ पवित्र बनाएका थिए। एक सय मिलियन मणि मोन्लामको पठन” एक महत्वपूर्ण वार्षिक धार्मिक अनुष्ठान हो, जसले सम्पूर्ण जिवात्माका लागि करुणा र ज्ञानको आशीर्वाद माग्ने उद्देश्य राख्ने हुन्छ। समारोह शान्ति, समृद्धि र राज्यका जनताको कल्याणको प्रार्थनासहित पुजा अनुष्ठान शुरु भएको छ। यो कार्यक्रम आजबाट शुरु भएर ११ दिनमा समापन हुने आयोजक समितिले बताएको छ।

About Author

Advertisement