गोरुबथान: एउटा सफल निर्देशनमा निर्माण भएको चलचित्रको पटकथाले साधारण दर्शकको मन भित्र पनि जग्गा बनाउँछ अनि अटुट सम्बन्ध स्थापित गर्दछ। चलचित्र भित्र अभिनय गर्ने पात्रहरूसंग दर्शकको पारदर्शीता एकदमै निकट रहँदछ।
नेपाली कथानक चलचित्र धागो हेरे पछि गोरुबथान निवासी लेखक रिपन गौतमलाई एउटा भिन्नै किसिमको अनुभव गरायो। यस बिषयमा उनले सामाजिक संजाल मार्फत आफ्नो अनुभवी उद्धार यसरी व्यक्त गरे,
“वास्तवमा जब कुनै बिषयले मन छुन्छ भने आफुसँग त्यहाँ केही सामान्यतया रहेको हुन्छ। जस्तो कि कुनै दृश्य मन पर्नुको पछिको सत्यता त्यहाँको सुन्दरता मात्र नभएर दृश्य संग जोडिएका कतिपय पक्षहरू पनि रहेका हुन्छन्। जसरी कुनै रचना मन पर्नुको पछि रचना भित्र बर्णन गरिएको कुनै पक्षले पाठकलाई आनन्दित बनाउँछ। त्यसरी नै एउटा चलचित्रको शुरुवात अनि अन्त्यले दर्शाएको हुन्छ समग्र पटकथाको भाव।
धागो – पटकथाको भावार्थ जीवन संघर्ष बुझे मैले जो स्वयम् मैले अथवा हामीले भोगिरहेका छौं। चलचित्र भनेको मनोरञ्जनको उच्चतम माध्यम मानिन्छ। यहाँ समाहित बिभिन्न छ्याङ्कङ, कलाकारको सम्बाद, संगित गीतले आम दर्शकलाई तान्ने गर्दछ।अझ कुनै चलचित्रको पटकथा आफ्नो जीवनसंग संयोगवश जोडिन्छ भने चलचित्रको छाप जीवन भर स्थापना भएको इतिहास कायम छ।
धागोले नेपाली समाजलाई मात्र हैन संसार भरिका ती सामान्य परिवारको कथालाई बुनेको छ जसले आफ्नो बलबुताले अहिलेको आधुनिक युग संग संघर्ष गरेर परिवार अनि बिषेश आउँदो पिँढी छोराछोरीको सपनालाई समेटेको छ अनि सफलता प्राप्त भएको स्पष्ट/सकरात्मक सन्देशले अन्त्य भएको छ।
अहिलेको आधुनिक प्राबिधिक उपकरणलाई समाबेश गरेर साथै एआई को प्रभावित समयलाई समानान्तर गरि कुनै पनि दृश्यिकरण निर्माण गर्न ठुलो चुनौतीको सामना गर्नु हो।
यो चुनौती समयलाई मध्यनजर राख्दै निर्माण गरिएको धागो चलचित्रले समाजलाई थुप्रै सन्देश दिने प्रयास गरेको छ।
ती मध्ये तीन मुख्य बिषय बस्तुलाई मैले नजिकबाट महसुस गरेको छु।
चलचित्रका तीन मुख्य पक्ष यस प्रकार छन्:
१) कथावस्तु (Story/ Content)
चलचित्रको आत्मा नै कथावस्तु हो। कथाले चलचित्रको विषय, सन्देश, द्वन्द्व र भावनात्मक पक्षलाई अगाडि बढाउँछ। राम्रो कथावस्तुले दर्शकलाई सुरुबाट अन्त्यसम्म बाँधेर राख्छ र चलचित्रलाई अर्थपूर्ण बनाउँछ।
२) अभिनय (Acting)
कथालाई जीवन्त बनाउने काम अभिनयले गर्छ। कलाकारहरूको संवाद, हाउभाउ, भाव–भंगिमा र चरित्र चित्रणमार्फत कथाका पात्रहरू दर्शकसँग नजिक हुन्छन्। प्रभावकारी अभिनयले दर्शकको मनमा गहिरो प्रभाव पार्छ।
३) प्रविधि (Technical Aspect)
यसमा क्यामेरा प्रयोग (सिनेमाटोग्राफी), प्रकाश, ध्वनि, संगीत, सम्पादन, दृश्य–संयोजन आदि पर्दछन्। प्रविधिले चलचित्रलाई आकर्षक, प्रभावशाली र व्यावसायिक बनाउँछ तथा कथाको प्रभाव अझ बलियो बनाउँछ।
धागो ले यी तीनवटै पक्षलाई न्यायिक तौवरले प्रस्तुत दिन सफल भएको छ।
चलचित्रको मुख्य भुमिकामा रहेको रोमन (नायक)- को जीवन शैलीले साधारण जीवन दर्शाउँछ।स्वइच्क्षा अनि स्वालम्वी प्रबृत्ति दर्शाउने रोमनको जीवन भित्र क्यौ उतारचढाव आइलाग्छ जसको प्रभाव आफ्नो परिवारलाई सोझै पर्दछ। चलचित्रको पटकथा भित्र एक संघर्षशील दाम्पत्य जीवनको दिनचर्या खुब जतनले सजाइएको छ। दुःख सुख,मिलन बिछोड, प्रेम सम्मान प्रणय रोमान्स अन्तर द्वन्द्व अनि घरको मुल खाँबो भएर दुवै (पति पत्नी)-को रोल निभाएको दाहित्वशील अभिनयले दर्शकको ध्यान खिच्छ। एक मध्य स्तरीय परिवारको वास्तविकतालाई चलचित्रमा हुबहु चित्रण गर्न निर्देशकले कुनै कसरत छोडेका छैनन्। सुचारु रुपले चलिरहेको काम धन्दामा नकारात्मक असर परे पछि देखापरेको परिणामले दर्शकले आँसु रोक्न सक्दैनन्।
कसरी एक सक्षम पुरूष कमजोर हुँदै नशाको बेहोसीमा अवगतितर्फ लाग्दछ?यो दृश्य मार्मिक रहेको छ।पतन हुँदै गरेको आफ्नो परिवारलाई कसरी एक गृहिणीले सम्हाल्न सक्छे? टाउकोदेखि माथि सम्मको उत्तरदायित्व बोकेर कसरी एक अडिक नारीले सम्हाल्न सक्छे परिवार? खुसीयालीले व्यतित भैरहेको एउटा परिवारको सपनाहरु तासको महल झैं कसरी ढल्छन्? अनि कसरी यसको पुर्णोउत्थान हुन्छ?
समय र समस्याले च्यातिएको हरेक सम्बन्धलाई मेहनत लगाव अनि अथक परिश्रमको धागोले जोडिएर चलचित्रको हेप्पि समाप्त हुन्छ।
जेपटकथामा अर्को दह्रिलो पक्ष एक लाटी केटीसंग एक सक्षम केटोले गरेको पवित्र प्रेम प्रसंग पनि रहेको देख्न पाइन्छ। जसले समाजलाई पोजिटिभ मेसेज दिन सफल बनेको छ। यदि सत्यता छ भने जस्तै कठिन प्रेमको पनि मिलन निश्चित रहन्छ भन्ने सन्देश लिएर देखाएको कतिपय दृश्यले भाव बिभोर बनाउँदछ।
डुबर्सका एक उर्जाशिल युवा कलाकार प्रभात थापाले डेब्यु गरेका धागो चलचित्रको प्रमुख भुमिकामा सुरक्षा पन्तको अभिनयमा कतै पनि त्रुटी भेटाउन सकिन्न।
चलचित्रको मुख्य कथालाई “धागो” (अर्थात् सम्बन्ध/जोड्ने सूत्र) को रूपकमा बुनेको छ। फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्र (जस्तै: डुवर्स, सिलीगुडी, दार्जिलिङ आदि) मा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, पारिवारिक सम्बन्ध, आर्थिक कठिनाइ र सामाजिक चुनौती लाई केन्द्रमा राखेर प्रस्तुत गरेको छ।
उदिप राणा थापाको निर्देशनमा निर्माण भएको धागो चलचित्रले नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाएको छ। नेपाली जगतका बिख्यात कलाकार सुनिल थापाको भुमिकाले फिल्ममा छुट्टै पहिचान बनाउन सफल भएको छ।
बिच-बिचमा बुद्धि तामाङको भुमिकाले हँसिलो स्थिति दिनेछ। आफ्नो छुट्टै परिचय स्थापित गर्न सफल रहेकी अनि बिषेश टिपिकल कथा प्लट माथि अभिनय गर्नु रूचाउने सुप्रसिद्ध नायिका सुरक्षा पन्तको भुमिका आकर्षक रहेको छ। गम्भिर अनि सुस्त मनोबैज्ञानिक भुमिका लिएर देखापरेका प्रभात थापाको भुमिकाले बलिउड अभिनेता पंकज त्रिपाठीको छाप देखे मैले। थापाको अभिनय निरन्तर रहे नेपाली सिनेजगतले एउटा स्थापित कलाकार पाउन सक्ने शुभ संकेत मान्न सकिन्छ।
अन्तमा रिपन गौतमले धागो चलचित्रमा जोडिएका सम्पुर्ण टिमलाई हार्दिक बधाई एवम् असिम शुभकामना व्यक्त गरे।








