धर्मशालाको जिम्मा कोषले लिएको स्पष्ट पारियो

IMG-20241015-WA0220

काठमांडू: पशुपति क्षेत्र विकास कोषले कानूनी प्रावधान र प्रक्रिया अनुसार नै पशुपति धर्मशालाको जिम्मेवारी कोषले लिएको स्पष्ट पारेको छ।
मंगलबार काठमांडूमा पत्रकार सम्मेलन गर्दै कोषले मारवाडी सेवा समितिसँग करार रद्द गर्ने निर्णयविरुद्ध परेको मुद्धामाथि अदालतले नै कोषको पक्षमा फैसला गरेकाले कानूनी प्रावधान र प्रक्रिया अनुसार नै पशुपति धर्मशालाको जिम्मेवारी कोषले लिएको स्पष्ट पारेको हो।
अदालतको फैसलापछि धर्मशाला संचालन व्यवस्थापनको नीति बनाई सञ्चालनका लागि काठमांडू महानगरसँग सहमति भएको कोषले जनाएको छ। धर्मशालाको व्यवस्थापन महानगर र सञ्चालन कोषले गर्ने कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए।

About Author

Advertisement