धमिलो पहाड़को विशेष स्क्रिनिङमा मुख्य अतिथि सांसद राजु विष्ट

FB_IMG_1767544045132

सिलगढी: आज सिलगढ़ीमा क्षेत्रीय नेपाली चलचित्र ‘धमिले पहाड़’-को विशेष स्क्रिनिङमा मुख्य अतिथिको रूपमा निम्त्याइएको भए तापनि एक दर्शकको रूपमा त्यहाँ उपस्थित हुन पाउँदा दार्जिलिङ लोकसभा सांसद राजु विष्टलाई धेरै खुशी लागेको कुरा सामाजिक संजाल मार्फत व्यक्त गरे।
उनले गोर्खा समुदायको व्यथा-कथालाई सिनेमाको पर्दामा उतार्ने जमर्को गरेका उत्साही नेपाली सिने निर्माता टोली अनि यससँग संलग्न सबै कलाकार एवम् सिने-कर्मीहरू र कलाकारहरू प्रति गर्व अनुभव गरे।
सांसदले सामाजिक संजालमा जनाए कि गोर्खा समुदायको व्यथा-कथालाई लिएर आजपर्यन्त ओझेलमा रहेको इतिहास अनि सच्चाईहरूलाई प्रभावशाली ढङ्गले सिनेमाको पर्दामा उतारेर ‘ओखली-ढ़िकी’ टीमले यस विधामा एउटा महत्त्वपूर्ण योगदान गरेको छ। विशेषगरी दार्जिलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका गोर्खाहरूको ऐतिहासिक व्यथा र महत्त्वपूर्ण घटनाहरूलाई उज्यालोमा ल्याउने अनि हाम्रो कथाहरूलाई मुख्य धारामा ल्याउने ठूलो चुनौती स्वीकार गरेको छ जसका लागि सम्पूर्ण टीम बधाईको पात्र छ।
सांसदले ‘ओखली ढ़िकी’ प्रोडक्शन्सलाई ‘धमिले पहाड़’-को उज्ज्वल भविष्य अनि अपार सफलता निम्ति हार्दिक बधाई अनि शुभकामना व्यक्त गरे साथै सबै दर्शकहरूलाई नजिकको सिनेमा हलमा गएर यो फिल्म अवश्य हेर्न आह्वान गरे।

About Author

Advertisement