धनुषाको हरिहरपुरमा हत्या गरेर गाडिएको अवस्थामा एक महिलाको शव फेला, श्रीमान पक्राउ

IMG-20241226-WA0179

जनकपुर: धनुषाको मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा बुधवार राती शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका वडा न. ३ हरिहरपुर मुसहरीटोलमा दशैया मुखिया बिनको ४८ वर्षीया श्रीमति रेशमी देबि मुखिया बिनको हत्या भएको अवस्थामा शव फेला परेको हो। उनको शव आफ्नै घरको शौचालयको पछाडि गाडिएको अवस्थामा फेला परेको हो।

About Author

Advertisement