धनीराम टोटो पद्मश्री पुरस्कारको निम्ति छनौट। टोटो जातिमा हर्सोल्लास


कालचिनीः भारत सरकारबाट पाउने पद्मश्री पुरस्कारको निम्ति राष्ट्पति दौपदी मुर्मूद्वारा यसबर्ष २०२३ मा जम्मा १०६ वटा पद्म पुरस्कारको घोषणा गरेकी छन् जसमा ६ पद्मविभूषण, ९ पद्मभूषण, र ९१ पद्मश्री पुरस्कार रहेका छन्। डुवर्सकै इतिहासमा भनौँ प्रथमपल्ट विश्वकै अल्पसंख्यक जनजातिमा पर्ने मदारीहाट खण्डको भारत भोटाङ सीमान्तमा पर्ने टोटोपाड़ाका धनीराम टोटोको नाम पनि पद्मश्री पुरस्कार प्रापकको सूचीमा परेका छन्। धनीराम टोटोले २०० बर्ष पुरानो सिक्का र १०० बर्षअघि कपासले बुनेका लुगाफाटा सहित टोटो जातिले व्यावहार गर्ने गरगहना संरक्षण गर्दै आईरहेको र आजसम्म टोटो जातिको परम्परा र संस्कृतिको संरक्षण गर्न उनी लागिपरेकोले यो पद्मश्री पुरस्कारको निम्ति छनौट गरीएको भन्ने अनुमान गरीएको छ। उमेरले ५९ बर्ष हिँड़दै गरेको धनीराम टोटोलाई पद्मश्री पुरस्कार दिईने केन्द्र सरकारको यो पदक्षेपलाई टोटो जातिको प्रतिनिधिहरू अशोक टोटो र बकुल टोटोले स्वागत जनाएका छन्। धनीराम टोटोले आफूलाई केन्द्र औ राज्य दुवै सरकारले यसरी पद्मश्री पुरस्कारको निम्ति नाम अन्तर्भुक्त गरेकोमा आफूलाई धन्य ठानेको र सबैलाई शिक्षित बन्नु पर्ने आह्वान गरेका छन्।

About Author

Advertisement