कोलकाता: अन्तर्राष्ट्रिय व्यवस्थापन संस्थान (आईएमआई), कोलकातामा महिला नेतृत्व, हेरचाह (केयरगिभिङ) र मानसिक स्वास्थ्य केन्द्रित महिला उद्यमशीलता विषयक एक गहन प्यानल छलफल आयोजित भयो। यस कार्यक्रममा सफल महिला नेतृहरू र नीतिनिर्माताहरूले आफ्नो व्यक्तिगत यात्रा, व्यावसायिक अनुभव र जीवनयात्राबाट आर्जित सिकाइहरू साझा गरे।
“पर्पोज- ड्राइभन वुमेन लिडर्स: रिडिजाइनिङ्ग इण्डियाज् डेभलपमेण्ट स्टोरी” शीर्षकको यस छलफलमा मनोचिकित्सक डा. मिनु बुढिया (संस्थापक, केरिङ्ग माइण्ड्स इन्टरनेशनल र आइ केन फ्लाई इन्टरनेशनल स्कूल), सुश्री प्रियदर्शिनी भट्टाचार्य (आईएएस, पंचायत तथा ग्रामीण विकास, पश्चिम बंगाल सरकार), सुश्री सनाया मेहता व्यास (डाइरेक्टर, सेलभेल वान् ग्रुप) र सुश्री मञ्जिर चटर्जी (संस्थापक, फल्क् प्रोडक्ट्स) सहभागी हुनु भयो। सत्रको संयोजन आईएमआईका संगठनात्मक व्यवहार तथा एचआरकी प्राध्यापक प्रा. सोनी अग्रवालले गर्नुभयो।
आफ्नो यात्रामा प्रतिबिम्बित हुँदै डा. मिनु बुढियाले भनिन्,
“तपाईँ खाली गिलासबाट अरूलाई दिन सक्नुहुन्न। पहिलो कदम आत्म–हेरचाह हो। यो कुरा मैले जीवनको अनुभवबाट पनि, मानसिक स्वास्थ्य विशेषज्ञको रूपमा पनि सिकेकी हुँ। जब चुनौती आउँछ, पहिलो कुरा त्यसलाई स्वीकार गर्नु हो, तबमात्र त्यो चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ। मेरी कान्छी छोरी प्राचीलाई एडीएचडी कम आईक्यू र बाइपोलार डिसअर्डर भएको थाहा पाएपछि सुरुमा म संसारभर समाधान खोज्दै दौडिरहेँ। तर जिस दिन मैले उनलाई उनी जस्तै छन् भनेि स्वीकारें, त्यस दिनमै मैले त्यस्तै बच्चाहरू र त्यस्ता परिवारहरूलाई मद्दत गर्ने अवसर देखें, जसले गुणस्तरीय मानसिक स्वास्थ्य सेवाको सजिलो पहुँच नहुँदा धेरै दुःख भोग्दै आएका थिए।”
मुख्य वक्तव्य दमाेदर भ्याली कर्पोरेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्रि सुरेश कुमार, आईएएसले दिनुभयो। उहाँले नेट–जिरो चुनौती र जलवायु कार्यमा डिजिटल प्रविधिको बुद्धिमान प्रयोग कसरी गुणक (मल्टिप्लायर) बन्न सक्छ भन्नेबारे प्रकाश पार्नुभयो।
सुश्री प्रियदर्शिनी भट्टाचार्य, आईएएसले भनिन्, “म आइएलओ मा काम गरिरहेकी बेला मेरो जीवन धेरै सहज थियो, तर भित्रैभित्रै मलाई खालीपन महसुस हुन्थ्यो। मैले आफ्नै देशका लागि केही गर्नुपर्छ जस्तो लाग्थ्यो। स्वयं–सहायता समूहहरूले महिलाहरूलाई सशक्त बनाइरहेका छन्, उनीहरूलाई विकल्प र स्वायत्तता दिइरहेका छन्, जसले गरिमा दिन्छ। विद्यार्थीहरूलाई भन्न चाहन्छु: सजिलै कसैले प्रभावित नबनाउनु। सोध्नुहोस्, प्रश्न गर्नुहोस्, जिज्ञासा राख्नुहोस्।”
सुश्री मञ्जिर चटर्जीले भनिन्,
“सहकार्य नै प्रमुख हो। हामी ग्रामीण क्षेत्र वा हाम्रो जरालाई बिर्सेर अघि बढ्न सक्दैनौँ। सीपलाई कार्यगत डिजाइन र बजारसँग जोडेर सुदृढ बनाउनु पर्छ।”
सुश्री सनाया मेहता व्यासले भनिन्, “केहीले तपाईँलाई आकर्षित गर्छ भने पहिले ‘हो’ भन्नुहाेस्, बाँकी विवरण पछि मिल्छ। शारीरिक तन्दुरुस्ती मेरो प्राथमिकता हो, मानिसहरूसँग भेट्नुपर्यो भने म, भोजनभन्दा, हिँड्दै भेट्न रुचाउँछु।”









