दोस्रो विण्टर कपः दार्जीलिङ पुलिस क्वार्टर फाइनलमा

IMG_20221127_203837.jpg

२७ नोभेम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिसले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा आइतवार खेलिएको म्याचमा दार्जीलिङ पुलिसले सिंगलिंग फूटबल क्लब (सोरेंग, सिक्किम)-लाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धान्त छेत्री, शुभम लामा (हर्के) र अभिषेक दर्जीले गोल गरे। यसरी नै सिंगलिंग एफसी-बाट अफजल र उत्तम राईले १-१ गोल गरे। विजेता टीमका सिद्धान्त छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसबाहेक हरेक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरिनेछ।

About Author

Advertisement