दोस्रो दिन न्यूजील्याण्डसँग १३४ रनको बढ़त

IMG-20241017-WA0259

बेंगलुरु: न्यूजील्याण्डविरुद्ध पहिलो टेस्ट म्याचको दोस्रो दिन भारत दबाउमा पऱ्यो। एम चिन्नास्वामी स्टेडियममा वर्षा वाधित दोस्रो दिन टस जितेर पहिला ब्याटिंग गर्दै भारतीय टीमको पहिलो ईनिंग्स केवल ४६ रनमा समाप्त भयो। त्यसपछि न्यूजील्याण्डले दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ३ विकेटमा १८० रन बनायो। यसरी न्यूजील्याण्डसँग अहिले पहिलो ईनिंग्सको आधारमा १३४ रनको बढ़त रहेको छ। दोस्रो दिनको खेल समाप्त हुँदासम्म रचिन रविन्द्र २२ र डेरिल मिचेल १४ रनमा अविजित रहे। वर्षाले गर्दा पहिलो दिन टस पनि हुन सकेन अनि आज दोस्रो दिन न्यूजील्याण्डले शुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई दबाउमा पाऱ्यो। कप्तान रोहित शर्माको टस जितेर पहिला ब्याटिंग गर्ने फसेला आज भारतीय टीमको निम्ति अभिशाप साबित भयो। आयोजक टीमको शीर्ष ८-मा ५ जनाले त खाता पनि खोल्न सकेनन्, जसमा विराट कोहली, सरफराज अहमद, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन अश्विन सामेल छन्। न्यूजील्याण्डका पेस बलरहरूले परिस्थितिको भरपूर फाइदा उठाउँदै लगातार विकेट हासिल गरे। भारतको तर्फबाट रिषभ पन्त (२० रन) र यशस्वी जयसवाल (१३ रन)-ले मात्र १० भन्दा अधिक रन बनाउन सके। तेस्रो सर्वाधिक अविजित ४ रन मोहम्मद सिराजले बनाए। कप्तान रोहित ४ रन बनाएर आउट भए। न्यूजील्याण्डका बलरहरूमा म्याट हेनरीले सर्वाधिक ५ अनि विलियम ओरुर्केले ४ विकेट लिए। जवाफमा न्यूजील्याण्डको ईनिंग्सलाई ओपनर डेवोन कनवेले सम्हाले। घाम लागेपछि पीच ब्याटिंगको निम्ति उपयुक्त हुँदा न्यूजील्याण्डलाई रन बनाउन अधिक समस्या भएन। कनवेले सर्वाधिक ९१ रन बनाए। उनले १०५ बल खेलेर ११ वटा चौका र ३ वटा छक्का लगाए। उनले कप्तान टम लाथम (१५ रन)-सँग पहिलो विकेटको निम्ति ६७ अनि विल यंग (३३ रन)-सँग दोस्रो विकेटको निम्ति ७५ रनको पार्टनरशीप गरे। यी तीनजना आउट भएपछि रविन्द्र र मिचेलले मिलेर दिनको खेल समाप्त हुँदासम्म लड़ाइँ जारी राखे। भारतीय बलरहरूमा जडेजा, अश्विन र कुलदीप यादवले १-१ विकेट लिए।

About Author

Advertisement