दोस्रो ईनिंग्समा ४६२ रन बनाएर पनि भारत समस्यामा

IMG-20241019-WA0208

बेंगलुरु: भारतविरुद्ध यहाँको एम चिन्नास्वामी स्टेडियममा जारी पहिलो टेस्ट म्याचमा न्यूजील्याण्डलाई जीतको निम्ति १०७ रन बनाउने लक्ष्य प्राप्त भयो। पहिलो ईनिंग्सको आधारमा ३५६ रनको ठूलो घाटा लिएर खेल्न ओर्लिने भारतले आफ्नो दोस्रो ईनिंग्समा ४२६ रन बनाउँदा न्यूजील्याण्डलाई म्याच जित्न १०७ रनको लक्ष्य प्राप्त भयो। आज खराब प्रकाशले गर्दा न्यूजील्याण्डको दोस्रो ईनिंग्समा केवल ४ बलको खेल भयो। त्यसपछि चौथो दिनको खेल समाप्त घोषित गरियो। यसरी आइतवार म्याचको पाँचौं तथा अन्तिम दिन भारतीय बलरहरू समक्ष बिहानको सत्रमा भटाभट विकेट हासिल गर्ने लक्ष्य हुनेछ। यस्तो गर्न नसके भारतको हार निश्चित हुनेछ। भारतले शनिवार बिहानको सत्रमा असल प्रदर्शन गर्दै कुनै असुविधा बिना रन बनायो, जसमा सरफराज खानले करियरको पहिलो टेस्ट शतक पनि बनाए तर न्यूजील्याण्डले दोस्रो नयाँ बल लिनको साथै भारतले केवल ५४ रनमा ७ विकेट गुमायो।
शुक्रवारको स्कोर ३ विकेटमा २३१ रनदेखि अघि खेल्दै आज सरफराज र रिषभ पन्तले भारतलाई असल शुरुवात दिलाए। यी दुईजनाले आक्रामक क्रिकेट खेल्दै स्कोरलाई सजिलैसँग अघि बढ़ाए। यसअघि विराट कोहलीसँग शतकीय पार्टनरशीप गर्ने सरफराजले आज पन्तसँग पनि चौथो विकेटको निम्ति १७७ रनको पार्टनरशीप गरे। पहिलो ईनिंग्समा खाता पनि नखोली आउट हुने सरफराजले १५० रन बनाए। उनले १९५ बल खेलेर १८ वटा चौका र ३ वटा छक्का लगाए। टिम साउदीले सरफराजलाई आउट गरेर पार्टनरशीप तोड़्नको साथै भारतले लगातार विकेट गुमाउन थाल्यो। पन्त दुर्भाग्यशाली तलिकाले ९९ रन बनाएर आउट भए। उनले १०५ बल खेलेर ९ वटा चौका र ५ वटा छक्का लगाए। केएल राहुल फेरि फ्लप रहे अनि केवल १२ रन बनाएर आउट भए। रविन्द्र जडेजा (५ रन) र रविचन्द्रन अश्विन (१५ रन)-ले पनि मौकाको फाइदा उठाउन सकेनन्। यसरी भारतको दोस्रो ईनिंग्स ४६२ रनमा समाप्त भयो। न्यूजील्याण्डका बलरहरूमा म्याट हेनरी र विलियम ओरुर्कीले ३-३ विकेट लिए।

About Author

Advertisement