दोस्रो अम्बोटिया गोल्ड कप: नेपालको न्यू स्टार एफसी झापा क्वार्टर फाइनलमा

पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्ट आजदेखि शुरु भयो। पाँचघरे खेल मैदानमा आइतवार भएको उद्घाटन म्याचमा नेपालको न्यू स्टार एफसी, बुद्धशान्ति (झापा)-ले खरसाङको वाईजीएफसी-लाई ३-०-ले पराजित गऱ्यो। टुर्नामेण्टको दोस्रो संस्करणमा जम्मा १२ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल म्याच २८ र २९ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल ५ फरवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा युवा खेलाड़ीहरूलाई मञ्च प्रदान गर्न बोइज अण्डर-१८ फूटबल टुर्नामेण्टको पनि आयोजन गरिनेछ।

About Author

Advertisement