दोस्रो अन्तराष्ट्रीय गुरूङ तमु सम्मेलनबारे सभा सम्पन्न

IMG-20220711-WA0201.jpg

गान्तोक: दोस्रो अन्तर्राष्ट्रिय गुरुङ (तमु) सम्मेलन २०२२” सम्बन्धि महत्त्वपूर्ण सभा हिजो देन्ताम वरिष्ठ माध्यमिक विद्यालयको पेक्षागृहमा सम्पन्न भयो। सो सभाको अध्यक्षता सेवानिवृत्त आईएफएस वाइपी गुरुङले गरेका थिए। यस अतिरिक्त गुरुङ एसोसिएसन अफ् सिक्किम (गुराँस)-का सम्पूर्ण प्रतिनिधिगण अनि सिक्किमेली गुरुङ समुदायका वरिष्ठ व्यक्तित्व साथै युवा जमातहरुको बाक्लो उपस्थिति रहेको थियो।

उल्लेख्य, देन्ताममा दोस्रो अन्तर्राष्ट्रिय गुरुङ (तमु) सम्मेलन आगामी ११- १२ अक्टोबरको दिन आयोजना हुने भएको छ। सिक्किमेली गुरुङ (तमु) समुदायमा शीर्ष समिति ‘गुरुङ एसोसिएसन अफ् सिक्किम’ (गुराँस)- को प्रतिनिधि टोलीले मुख्यमन्त्री प्रेम सिंह गोलेलाई मिन्तोगाङमा भेटघाट गरेर सम्मेलन गर्ने अनुमति लिइसकेको छ। उक्त सम्मेलनमा विश्वका ५५ देशको प्रतिनिधिहरुले अंशग्रहण गर्ने निधो भइसकेको छ। सो सभामा सम्मेलनलाई भव्य र सभ्य बनाउन ब्लक स्तरीय समिति पनि गठन गरिएको आयोजक समितिले जानकारी गराएको छ।

About Author

Advertisement