नयाँ दिल्ली: भारतका जय शाह लगातार दोस्रोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-को अध्यक्ष बने। जय शाहलाई निर्विरोध आईसीसीको अध्यक्ष चयन गरियो। इण्डोनेशियाको बालीमा आयोजित आईसीसी बोर्डको बैठकको अवधि निदेशकहरूका प्रस्तावपछि बोर्डले उनको दोस्रो कार्यकालमा मोहर लगायो। यस फसेलालाई क्रिकेटको वैश्विक विस्तार र खेलको भविष्यका योजनाहरूको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ। शाहको नेतृत्वमाथि भरोसा गर्दै आईसीसी बोर्डले उनलाई अझ एउटा कार्यकालको जिम्मेवारी सुम्पिएको छ। क्रिकेट यस साल वैश्विक स्तरमा आफ्नो विस्तार, प्रशंसकहरूका बढ़दो संख्या र व्यावसायिक विकासको नयाँ चरणमा रहेको छ। यसबाहेक लस एञ्जिलिस ओलम्पिक २०२८-मा क्रिकेटको आगमनलाई पनि यस खेलको निम्ति ठूलो अवसर मानिएको छ। आईसीसीले हालै प्रतियोगिताहरूका निम्ति आफ्नो दीर्घकालिक कार्यक्रमलाई विस्तार गरेको छ, जसले खेलाड़ीहरूलाई अधिक मौका र क्रिकेटलाई विकासको नयाँ बाटो प्राप्त हुनेछ। बोर्डले क्रिकेटको बुनियादी ढाँचालाई मजबूत गर्ने, महिला क्रिकेटको विकासलाई गति दिने अनि एसोसिएट सदस्यहरूका निम्ति अवसर बढ़ाउने प्रतिबद्धता पनि दोहोऱ्याएको छ। यसको साथमा अन्तर्राष्ट्रिय क्रिकेटको पारदर्शिता र विश्वसनीयता कायम राख्न तथा खेलको भविष्यको निम्ति असल व्यावसायिक अवसर विकसित गर्नमा जोड़ दिइयो। दोस्रोपल्ट आईसीसी अध्यक्ष चयन भएपछि जय शाहले भने, आईसीसी बोर्डले ममाथि जुन भरोसा देखाएको छ, त्यसले म धेरै सम्मानित अनुभव गरिरहेको छु। निरन्तर विश्वास र समर्थनको निम्ति म सबै निदेशकहरू प्रति आभारी छु। आईसीसीको चेयरम्यानको रूपमा काम गर्नु मेरो निम्ति सम्मानको साथमा ठूलो जिम्मेवारी पनि हो। म विश्वभरि क्रिकेटको हितहरूलाई अघि बढ़ाउन सबै सदस्य देशहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छु। उनले क्रिकेटको भविष्यलाई लिएर भने, हाम्रो जिम्मेवारी केवल सफल टुर्नामेण्ट आयोजन गर्नु होइन। हामीले प्रशंसकहरू, खेलाड़ीहरू, व्यावसायिक साझेदारहरू र अन्य प्रमुख हितधारकहरूलाई ध्यानमा राखेर एउटा मजबूत र असल भविष्य तयार गर्नु पर्नेछ। क्रिकेटको सबैभन्दा ठूलो ताकत नै मानिसहरूलाई एकसाथ जोड़ने क्षमता हो भन्ने मेरो सदा विश्वास रहेको छ। बोर्ड र सदस्य देशहरूका समर्थनले हाम्रो ध्यान आफ्नो योजनाहरूलाई वास्तविकतामा बदलिनु र यस्तो प्रगति सुनिश्चित गर्नुमा रहनेछ, जसको विरासत आउँदो पीढ़िहरूसम्म कायम रहनेछ।





