गान्तोक: सोरेङ जिल्ला अन्तर्गत दोदकमा छोराले बाबुको हत्या गरेको समाचार प्रकाशमा आएको छ। सुत्रले जानकारी गराए अनुसार दोदक निवासी दिल्लीराम विष्टले आफ्न बाबु बीर बहादुर विष्ठको हत्या गरेका छन्। आरोपीले बाबुको हत्या गरेपछि पुलिस समक्ष आत्म समपर्ण गरेको जानकारी प्राप्त भएको छ। आरोपीले धारिलो हतियारले आफ्नो बाबुको विभिन्न ठाउँमा काटेपछि घटनास्थलमा नै उनको मृत्यु भएको हो। उक्त घटना आज बिहान भएको बताइएको छ। ३८ वर्षीय आरोपीले हत्यापछि पुलिससमक्ष आत्म समर्पण गरेका छन्। घटनाको वास्तविक कारण थाह नलागेता पनि स्थानीयहरूको भनाइ अनुसार जमीन विषयलाई लिएर बाबु छोरोबीच झगडा भएको र त्यसपछि छोरोले धारिलो हतियारको प्रयोग गर्दै मारेको हो। यस घटनाको जानकारी पाउनसाथ पुलिसबल घटनास्थलमा पुगेर घटनाबारे छानबीन गरिरहेको छ। हाल आरोपीलाई पुलिसले हिरासतमा लिएर केरकार गरिरहेको छ भने भोलि उनलाई स्थानीय न्यायलयमा प्रस्तुत गरेपछि रिमाण्डमा लिने जानकारी प्राप्त भएको छ।








