दोछुम जुनियर हाई स्कूलको प्रेक्षागृहको उद्घाटन

IMG_20220915_233557.jpg

गान्तोक: दोछुम जुनियर हाई स्कूलको प्रेक्षागृहको उद्घाटन सिक्किमका राज्यपाल गंगा प्रसादले गरे। सिरवानी जीपीयूमा पर्ने उक्त स्कूलको प्रेक्षागृह राज्यपालको विवेकाधीन कोष र क्षेत्र विधायकको वित्तीय सहायतामा निर्माण गरिएको हो। उद्घाटन समारोहमा राज्यपाल र मन्त्री डा. एमके शर्माका साथै एडीसी राधा प्रधान, एसडीएम, बीडीओ तथा अन्यहरू उपस्थित थिए।
जानकारीअनुसार, मई २०२२ मा राज्यपालले दोछुम जुनियर हाई स्कूलको प्रेक्षागृह मरम्मतिका लागि पॉंच लाख रूपियॉं प्रदान गरेको थियो। क्षेत्र विधायक तथा मन्त्री शर्माद्वारा वित्तीय सहायता प्राप्त भएपछि नयॉं प्रेक्षागृहको निर्माण कार्य शुरू गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले राष्ट्रको समग्र विकासका लागि गाउॅंहरूको विकासको महत्वमाथि प्रकाश पारे। उनले प्रेक्षागृहको निर्माण कार्य पुरा गर्न थप दुई लाख रूपियॉं प्रदान गर्ने घोषणा गरे। उनले लागू औषधको प्रभावमाथि बोल्दै विद्यार्थीहरूलाई यसबाट टाड़ा बस्न आह्वान गरे। आत्मनिर्भर भारतबारे बोल्दै उनले यसका लागि नागरिक समाजको राष्ट्र निर्माणमा सहभागिता आवश्यक रहेको बताए। उनले स्कूलको विकासका लागि गाउॅंवासीहरूलाई आआफ्नो स्तरमा सहयोग गर्न आह्वान गरे। कार्यक्रमलाई मन्त्री डा. शर्माले पनि सम्बोधन गरे। कार्यक्रममा राज्यपाल प्रसादलाई स्कूलको तर्फबाट सम्मान जनाइयो। यस अवसरमा विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

About Author

Advertisement