देशलाई वर्ष २०४७ सम्ममा नशामुक्त बनाउने हाम्रो लक्ष्य: अमित शाह

download

नयाँ दिल्लीः केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले बुधवार भने, सबैको साझा प्रयासबाट हामी देशलाई आगामी वर्ष २०४७-सम्ममा देशलाई नशामुक्त बनाउनेछौं। यस लक्ष्यलाई हासिल गर्नको लागि साझा प्रयासको खाँचोछ। हामी मिलेर यस संकल्पलाई पूरा गर्नुपर्छ।

केन्द्रिय गृह मन्त्री शाहले राज्य एवं केन्द्रशासित प्रदेशहरूको एन्टी-नारकोटिक्स टास्क फोर्सको दुई दिवसीय प्रथम राष्ट्रीय सम्मेलनलाई सम्बोधन गर्दै भने, नशाले कुनै पनि देशलाई खोक्रो बनाउँछ। हामी नशाको विरोधमा उभिनुपर्छ। नशामुक्त भारतको यस अभियानलाई हामीले जन आन्दोलन बनाउन आवश्यक छ। उनले भने, नशा सेवन गर्ने व्यक्ति भिक्टिम हुन्, असली दोषी त नशा व्यापारीहरू हुन्। यस व्यापारमा लगाम कस्नु हाम्रो प्राथमिकता हो। यसलाई ध्यानमा राखेर नारकोटिक्स कन्ट्रोल ब्यूरोले लगातार काम गरिरहेको छ। केन्द्रिय गृहमन्त्रीले अझ भने, वर्ष २०१४-देखि अहिलेसम्ममा नशाको व्यावारमा लिप्त पाँच हजारभन्दा अधिक मानिसहरूलाई पक्राउ गरिसकिएको छ। नशामुक्ति अभियान अन्तर्गत केन्द्र सरकार राज्य सरकारहरूसित काँधमा काँध मिलाएर हिँड़न तयार छ।

About Author

Advertisement