देशभरिमै प्रथम पुरस्कार दार्जिलिङको चिडियाखाना पद्मजा नायडू हिमालयन जूलोजिकल पार्कलाई

Padmaja-naidu-himalayan-zoological-park.jpg

दार्जिलिङ: पद्मजा नायडू हिमालयन जूलोजिकल पार्क दार्जिलिङको चिडियाखानालाई देशको उत्कृष्ट चिडियाखानाको रूपमा पहिलो पुरस्कार प्राप्त भएको छ। यसैगरी, पश्चिम बंगालको कलकत्ताको प्रसिद्ध अलिपुर जुलोजिकल गार्डनले चौथो स्थान प्राप्त गरेको छ। ओडिशाको भुवनेश्वरमा आयोजित चिडियाखाना निर्देशकहरूको सम्मेलनमा केन्द्रीय चिडियाखाना प्राधिकरण द्वारा उक्त तालिका सूची जारी गरिएको छ। उक्त पुरस्कार प्राप्त गरेकोमा पद्मजा नायडू हिमालयन जूलोजिकल पार्कका निर्देशक डा. बसवराज होल्याचीले खुसी प्रकट गर्दै भने, यो हाम्रो लागि गर्वको क्षण हो, राज्य, पश्चिम बंगाल राज्य चिडियाखाना प्राधिकरण र हामीलाई निरन्तर साथ दिइरहेका वरिष्ठ अधिकारीहरूलाई बधाई दिन चाहन्छु। उक्त जारी तालिका अनुसार चेन्नईको अरिग्नार अन्ना जुलोजिकल पार्क दोस्रो, मैसूर, कर्नाटकको श्री चामराजेन्द्र जूलजिकल गार्डन तेस्रो स्थानमा रहेको छ।

About Author

Advertisement