देवर्षि नारद जयन्ती साथै पत्रकार सम्मान कार्यक्रम

Screenshot_20230504_141825_WhatsApp.jpg

सिलगढी: शनिबार सिलगढी चिया व्यापारी संघको सभागारमा देवर्षि नारद जयन्ती र पत्रकार सम्मान समारोह आयोजना हुँदैछ। बिहीबार सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा विश्व संवाद केन्द्रका सचिव विश्व प्रतिमा रुद्रले कार्यक्रमको घोषणा गरे। पत्रकार सम्मेलनमा सुशील रामपुरिया र तपनकुमार मण्डलको पनि उपस्थिति रहेको थियो। विश्व संवाद केन्द्रको उत्तर बङ्गाल शाखाद्वारा बुद्ध पूर्णिमाका दिन पत्रकारहरुलाई सम्मान गरिने जानकारी दिइएको छ। कोरोनाका कारण दुई वर्ष बन्द भएपछि यस वर्ष पुनः यो अभिनन्दन समारोह आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन वरिष्ठ पत्रकार निधुभूषण दासले गर्नेछन्। चार भाषाका चार वरिष्ठ पत्रकारलाई देवर्षि नारद सार्थक जीवन सम्मानबाट सम्मान गरिने भएको छ पत्रकारितामा पुर्याएको योगदानका लागि धुपगुरीका पत्रकार बंगालीमा कृष्णचन्द्र डे, अंग्रेजीमा मानस बनर्जी, हिन्दीमा गोपाल ओझा र नेपालीमा शिबु क्षेत्रीलाई सम्मान गरिने भएको छ।

About Author

Advertisement