५ सेप्टेम्बरः बन्दाखेती स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आमुक्त परिवार च्याम्पियन भयो। लंगभ्यू बन्दाखेती खेल मैदानमा आइतवार भएको फाइनलमा आमुक्त परिवारले मेचे बस्तीलाई २-०-ले पराजित गऱ्यो। विजेती टीमबाट बिदुर छेत्री र सोनम लेप्चाले गोल गरे। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा आमुक्त परिवारका सोनम लेप्चाले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यसरी नै मेचे बस्तीका रोशन छेत्री (४ गोल)- ले सर्वाधिक गोलदाता र विनोद साइबोले सर्वश्रेष्ठ गोलकीपरको पुरस्कार जिते। आज फाइनल म्याचमा मुख्य अतिथिको रूपमा लंगभ्यू अम्बटे पंखाबारी समष्टिकी सभासद कल्पना प्रधान उपस्थित थिइन्।










