देन्ताममा दोस्रो एमएलए च्याम्पियन्स ट्रफी २०२५ शुरु

FB_IMG_1765638025161

देन्ताम: देन्ताम खेल मैदानमा दोस्रो संस्करणको एमएलए च्याम्पियन्स ट्रफी २०२५ औपचारिक रूपमा शुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोहका अवसरमा डीसी एकादश सोरेङ र डीसी एकादश गेजिङबीच प्रदर्शनी क्रिकेट म्याच आयोजना गरिएको थियो।
प्रदर्शनी खेलमा डीसी एकादश गेजिङले डीसी एकादश सोरेङलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो।
प्रदर्शनी म्याचपछि ट्रफी अनावरण समारोह सम्पन्न गरिएको थियो। प्रतियोगिताको ट्रफी स्वर्गीय हरिमाया खुलालको स्मृतिमा यवन खुलाल तथा परिवारद्वारा प्रायोजन गरिएको हो।
यसपछि सुखिम ग्राफिक्स र इन्टेक बोइजबीच प्रतिस्पर्धात्मक खेल सम्पन्न भएको देन्ताम क्रिकेट एसोसिएशनले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
उद्घाटन कार्यक्रममा ग्रामीण विकास विभागका ओएसडी कृष्ण लेप्चा प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले खेलाडीहरूसँग अन्तरक्रिया गर्दै खेल भावना कायम राख्न आग्रह गरे। साथै, तृणमूल तहमा खेलकुदको विकासका लागि आयोजकहरूले गरेको प्रयासको प्रशंसा गरे।

About Author

Advertisement