देउराली संघ नक्आउट फूटबलः उर्गेन सेभेन अघिल्लो राउण्डमा

IMG_20220905_231521.jpg

५ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा सोमवार उर्गेन सेभेन नक्सलबारीले जीत हासिल गऱ्यो। रंगमोहन हाई स्कूल मैदानमा आज खेलिएको म्याचमा उर्गेन सेभेनले बिन्दास बोइज (पैनाकुमारी)-लाई २-०-ले पराजित गऱ्यो। अब मंगलवार खेलिने म्याचमा प्रिजम सेभेन (टिंगलिंग) र सेण्ट्रल बोइज (बाघडुग्रा)-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

Advertisement