देउराली संघ नक्आउट फूटबलः सिमलबारी टीई क्वार्टर फाइनलमा

IMG_20220920_212027.jpg

२० सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा सिमलबारी टी स्टेटले क्वार्टर फाइनलमा स्थान बनायो। रंगमोहन हाई स्कूल मैदानमा मंगलवार खेलिएको दोस्रो राउण्डको म्याचमा सिमलबारी टीई-ले एमएम तराईलाई टसमा पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि टाईब्रेकर अनि सडन डेथमा पनि स्कोर ६-६-को बराबरीमा रहँदा समयको कमीले गर्दा विजेताको फसेला टसद्वारा गरियो। बुधवार खेलिने म्याचमा रकमजोत एफसी र ७ फाइटर पानीघट्टाबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

Advertisement